काठमाडौं । चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा रु एक करोड सात लाख बराबरको कारोबार भएको बताइएको छ ।
मेलामा ३९ हजार तीन सय ५० जनाले अवलोकन गरेका थिए । आयोजकले मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिएको भए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।
प्रकाशित मितिः २०७९ चैत्र २२ बुधबार
Comments