काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको चैत ८ गतेदेखि चैत १२ गतेसम्म निष्काशन खुला भएको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ३ लाख ५८ हजार १ सय ७६ जनाले १०–१० कित्ताका दरले पाएका छन् । कम्पनीको आईपीओमा १४ लाख ३३ हजार ७ सय १७ जनाले १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपियाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका बिक्री खुला गरेको थियो ।चार लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।
बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो ।
प्रकाशित मितिः २०७९ चैत्र १७ शुक्रबार
Comments