काठमाडौं । थप दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनको अनुमति पाएका छन् । डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले माघ १६ गते आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएका हुन् ।
डोल्टी पावर कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १६ करोड ८ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ८ हजार हजार ४५८ कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो । त्यस्तै, भूगोल इनर्जीले अंकित मूल्य १०० रुपैयाँ दरका १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको कुल १६ लाख ३२ हजार १६० कित्ता आइपीओ निष्काशनको अनुमति पाएको हो ।
दुवै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मितिः २०७९ माघ १८ बुधबार
Comments