काठमाडौं । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । निगमलाई भारतले पेट्रोल र डिजेलको मूल्य बढेको मूल्य सूची पठाएको हो । भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो ।
भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको छ ।
यसगरी, मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६० पैसा तथा हवाइ इन्धनको मूल्य ७ रुपैयाँ ८० पैसा बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ।
यो नयाँ मूल्यसूचीसंगै निगमले १५ दिनमा ५५ करोड रुपैयाँ घाटा हुने जनाएको छ । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीच हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने सम्झौता छ ।
प्रकाशित मितिः २०७९ माघ १८ बुधबार
Comments