काठमाडौं । क्रिप्टो करेन्सी बिट्क्वाइनको भाउ करिब १ महिनामा ४०% भन्दा धेरैले बढेको छ । जनावरी १ मा प्रतिक्वाइन १६ हजार ६०० डलर रहेको यसको मूल्य जनावरी २६ सम्म आइपुग्दा २३ हजार १५० डलर वरपर कारोबार भइरहेको छ । मूल्य वृद्धि भएसँगै यसको बजार पुँजीकरण पनि ४ खर्ब ४१ अर्ब डलर नाघेको छ ।
पछिल्ला दिनहरुमा विश्व बजारमा बिट्क्वाइ, इथोरिएम लगायतका क्रिप्टो करेन्सीहरुको मूल्यमा तीव्र वृद्धि देखिएको छ । इथोरियमको भाउ पनि जनावरी १ यता ४०% भन्दा धेरैले बढेको छ । सन् २०२१ को नोभेम्बरमा ६९ हजार डलरसम्म पुगेको बिट्क्वाइ त्यसयता भने ७६% ले घटेको थियो ।
अहिले फेरि बढ्न सुरु गरेको हो । यसअघि रुस र युक्रन युद्ध, विश्व बजारमा आएको आर्थिक मन्दी, ब्याजदर वृद्धि तथा क्रिप्टो करेन्सी एफटिएक्स टाट पल्टिएसँगै लगानीकर्ताहरुले आफ्नो लगानी सुरक्षित गर्दा क्रिप्टो करेन्सीहरुको मूल्यमा भारी गिरावट आएको थियो । तर अहिले क्रिप्टो बजारमा पुनः लगानीकर्ताहरूको विश्वास बढ्दै गएको देखिन्छ ।
सन् २०२३ मा ब्याजदरमा धेरै वृद्धि नहुने विश्वासका कारण लगानीकर्ताहरुको यसमा आकर्षण बढेको हुन सक्ने विश्लेषकहरू बताउँछन् । मुद्रास्फीति पनि कम हुँदै गइरहेको छ । काइकोका अनुसार ‘ह्वेलु भनेर चिनिने डिजिटल सिक्काका ठूला खरिदकर्ताले बिट्क्वाइनमा नयाँ र्यालीको नेतृत्व गरिरहेका हुन सक्ने विश्लेषकहरूको भनाई रहेको छ ।
प्रकाशित मितिः २०७९ माघ १२ बिहिबार
Comments