काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामार्फत् एनसेलका कुनै पनि मोबाइल नम्बरमा ‘टपअप’ गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । ईसेवामार्फत् एनसेल मोबाइलमा जनवरी महिनाभर जम्मा ६ सय रूपैयाँ भन्दा बढीको टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिने कम्पनीले जनाएको छ ।
यसका अलवा अन्य पुरस्कार जित्न सकिने ईसेवाको भनाइ छ । कम्पनीका अनुसार २ सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सक्नेछन् । यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिमसम्म लागू हुने ईसेवाले जनाएको छ ।
ईसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आईओएस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल/कलेजको शुल्क लगायतका सेवाहरूको भुक्तानी गर्न सकिन्छ । ‘ईसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिनेछ ।’
प्रकाशित मितिः २०७९ पुष १८ सोमबार
Comments