काठमाडौं । आईएमईले चाडपर्वका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आईएमई पेको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफरको विजेता मेखलाल तामाङ बनेका छन् ।
मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख उपहार प्राप्त गरेका छन् । प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले समय समयमा ल्याउँदै आएको सेवाग्राहीमूखि अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
यस्तै, ब्रान्ड एम्बासडर दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे ।
प्रकाशित मितिः २०७९ मंसिर २२ बिहिबार
Comments