काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला छ सयले घटेको छ। सोमबार प्रतितोला ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार तीन सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार चार सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ।
प्रकाशित मितिः २०७९ मंसिर २० मंगलबार
Comments