काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संस्थापक शेयरधनी गुप्त बहादुर रानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको मंगलवार बसेको सञ्चालक समिति बैठकले रानाले दिएको राजीनामा स्वीकृत गरेको हो ।
रानाले व्यक्तिगत कारण देखाएर सञ्चालक पदबाट राजीनामा दिएका थिए । कम्पनीले राजीनामा स्वीकृत गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।
प्रकाशित मितिः २०७९ मंसिर १४ बुधबार
Comments