काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मध्यम धानको प्रतिक्विन्टल तीन हजार १२८ रुपैयाँ र मोटा धानको दुई हजार ९६७ रुपैयाँ तोकिएको छ । गत वर्ष मध्यम धानको दुई हजार ९०२ तथा मोटाको दुई हजार ७५२ रुपैयाँ थियो ।
सरकारले गत वर्षको भन्दा मध्यम धानको क्विन्टलमा दुई सय २६ रुपैयाँ तथा मोटाको दुई सय १५ रुपैयाँले बढाएर समर्थन मूल्य तोकेको हो । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानसँग व्यवसायी सहकारीले धान किन्नुपर्छ ।
प्रकाशित मितिः २०७९ कार्तिक २३ बुधबार
Comments