काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार शेयरबजार मापक परिसूचक नेप्से ३९.१५ अंकले घटेको छ । बुधबार २ प्रतिशतले घटेको बजार १९१७.२२ बिन्दुमा झरेर बन्द भएको हो ।
बजार घटेसँगै यस दिन ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले घटेर ३७६.५३ बिन्दुमा ओर्लिएको छ ।
यस दिन कारोबारमा आएका २२३ वटा कम्पनीको २४ हजार ३८८ पटकको शेयर कारोबारमा १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रुपैयाँबराबरको ३६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच भयो । यस्तै, बुधबार १३ वटै उपसमूहका सूचक राताम्मे देखिएका छन् । यस दिन सर्वाधिक फाइनान्स उपसमूहको सूचक ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
बजारमा गिरावट आएसँगै आज १८१ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको देखिन्छ । साथै, चारवटा कम्पनीको शेयरमूल्यमा भने हरियाली छाएको छ । आज सर्वाधिक कमाउनेमा उपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ता छन् । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएर प्रतिकित्ता ३९१ रुपैयाँ कायम भयो ।
साथै, एक्सल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोग्रेसिभ फाइनान्स र सप्तकोसी डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । यस दिन सर्वाधिक शेयर कारोबार नेस्डो समृद्धि लघुवित्तको भएको छ ।
प्रकाशित मितिः २०७९ कार्तिक २३ बुधबार
Comments