काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्से २.५७ अंकले घटेर १९५६.३६ बिन्दुमा पुगेको छ । बजार घटेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.१२ अंकले घटेर ३८४.२१ बिन्दु पुगेको छ ।
आज कारोबारमा आएका २२६ वटा कम्पनीका २७ लाख ७३ हजार ७३७ कित्ता शेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँमा किनबेच भयो । अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको छ ।
बजार घटेसँगै ९ वटा उपसमूहका सूचक पनि ओरालो लागेका छन् ४ वटा उपसमूहको सूचक बढेको छ । आज फाइनान्स समूहको सूचक ०.२८ प्रतिशतले बढेको छ भने नन् लाइफ इन्स्योरेन्सको ०.३ प्रतिशतले, लाइफ इन्स्योरेन्सको १.०३ प्रतिशतले र अन्य समूहको ०.९७ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक शेयर कारोबार भने शिवम् सिमेन्सको भएको देखिन्छ । कम्पनीको ८ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६३ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मितिः २०७९ कार्तिक २२ मंगलबार
Comments