काठमाडौं । सुनको मूल्य तोलमा तीन सय रुपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार ३ सय रूपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्य तोलको ९३ हजार ५ सय रूपैयाँ कायम हुँदा चाँदीको मूल्य भने स्थिर रहेको महासंघको भनाइ छ। यससँगै मंगलबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा किनबेच हुनेछ।
प्रकाशित मितिः २०७९ कार्तिक २२ मंगलबार
Comments