काठमाडौं । डीटीएच प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले साधारण शेयर निष्काशन गर्ने कार्यलाई तीब्रता दिएको छ । कम्पनीले एक–डेढ महिनाभित्र आईपीओ निष्काशन गर्नेगरी कागजी प्रक्रिया पूरा गर्ने र स्वीकृति लिन लागेको हो ।
कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले आईपीओ निष्काशन गर्ने भनेर कुरा भएको चार–पाँच बर्ष नै भएकाले अब आफूहरु ढिलो गर्ने पक्षमा नरहेको बताए । उनले एक–डेढ महिनाभित्रै शेयर निष्काशन गर्न सकियोस् भनेर ‘फाष्ट ट्राक’मा काम गरिरहेको बताए ।
यसअघि बुक बिल्डिङ विधिमार्फत प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने भनिए पनि कम्पनीले त्यसलाई छोडेर प्राथमिक मूल्यमै आईपीओ निष्काशन गर्न लागेको छ । बुक प्रिमियम मूल्यमा शेयर र बुल्डिङ विधिमा जाँदा धेरै किसिमका जटिलता पनि देखिएको र समय पनि धेरै लाग्ने देखिएकाले प्राथमिक मूल्यमा नै शेयर निष्काशन गर्ने निचोडमा आफूहरु पुगेको आचार्यले बताए ।
कम्पनीले अहिले आफ्ना कर्मचारीदेखि वितरण सञ्जालमा आवद्ध सबैलाई संस्थापक शेयर बिक्री गरिरहेको छ । अहिले कम्पनी रजिष्ट्रारको कार्यालयको काम भइरहेको बताउँदै उनले यो सक्किनासाथै आईपीओ निष्काशन हुने बताए ।
डिशहोमले आफ्नो पुँजीको ११ प्रतिशत अर्थात करिव ३३ करोड कित्ता साधारण शेयर सर्वसाधारणलाई दिन लागेको हो ।
प्रकाशित मितिः २०७९ कार्तिक २० आइतबार
Comments