काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा एक हजार ४ सय र चाँदी ५० रुपैयाँले बढेको हो ।
शुक्रबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आइतबार एक हजार ४ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५० रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७९ कार्तिक २० आइतबार
Comments