काठमाडौं । शुक्रबार जारी सेयर कारोबार बन्द गर्न लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग माग गरेका छन् । बिहीबार केही लगानीकर्ताहरूले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
उसो त सरकारले गत बैशाखमा एक निर्णय गर्दै जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार विदा दिएसँगै सेयर बजार समेत प्रभावित हुन पुगेको थियो । आइतबार सार्वजनिक विदा हुने भएपनि सो दिनको सेयर कारोबार दिनलाई शुक्रबार सारिएको थियो ।
तर,साताको दुई दिन सार्वजनिक विदा एक महिनापनि राम्रोसँग टिक्न सकेन । कार्यान्वयनको एक महिनामा नै सरकारले आइतबारको सार्वजनिक विदा खारेज गरेपनि यता शुक्रबारका लागि खुल्ला गरिएको सेयर कारोबार भने रोक्का हुन सकेन । हाल आइतबारदेखि शुक्रबारसम्मै सातामा ६ दिन सेयर कारोबार हुँदै आएको छ । लगानीकर्ताहरुको मागकै बीच शुक्रबारको सेयर कारोबार बन्द गर्ने तयारी भइरहेको सीईओ कार्कीले बताए ।
प्रकाशित मितिः २०७९ भदौ ०९ बिहिबार
Comments