काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ८०० रुपियाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला एक हजार १ सय ७५ रुपियाँमा किनबेच भइरहेको छ । हिजो पनि सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको थियो ।
प्रकाशित मितिः २०७९ भदौ ०९ बिहिबार
Comments