काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो।
बुधबार ९४ हजार ८०० रुपैयाँ मूल्य रहेको तेजाबी सुनको ९४ हजार ५०० मा किनबेच भएको थियो। बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ पुगेको छ। मंगलबार यसको मूल्य १ हजार १६० रुपैयाँ थियो।
प्रकशित मितिः २०७९ भदौ ०८ बुधबार
Comments