काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज ( भदौ ७ गते) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थायी बासिन्दाका लागि ६ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
उक्त आईपीओमा आवेदकले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । उक्त आईपीओमा भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सम्पूर्ण शेयर विक्री नभएमा आवेदकले असोज ५ गते सम्म आईपीओमा आवेदन दिने समय थप हुनेछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर वेवसाइट र एप मार्फत आवेदन दिन सक्नेछन् ।
साथै आवेदकले एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंकको भोजपुर शाखा एवं प्रभु बैंकको हतुवागढी शाखाबाट र नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
प्रकाशित मितिः २०७९ साउन ०७ मंगलबार
Comments