काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहिबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
यसअघि प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ९५ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । यसैगरी ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज ९७ हजार ४०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १९५ रुपैयाँमा कारोबार हुनेछ ।
प्रकाशित मितिः २०७९ भदौ ०२ बिहिबार
Comments