काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो मंगलबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रकाशित मितिः २०७९ भदौ ०१ बुधबार
Comments