काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। कारोबारको पहिलो दिन आइतबार २७ अंकको गिरावट आएको बजार आज ५५ अंक बढिले उकालो लागेको हो। यसदिन नेप्से परिसूचक ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले बढेर ३९८.१३ विन्दुमा पुगेको छ।
नेप्से बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। आज २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँमा खरिदबिक्री भयो।
आइतबार २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको थियो। कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक देखिएको छ। यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक ७.३८ प्रतिशतले बढेको छ।
प्रकाशित मितिः २०७९ साउन ३० सोमबार
Comments