काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९७ हजार ८ सय रुपियाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ४ सय रुपियाँले घटेर ९७ हजार ४ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ। त्यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपियाँले घटेर १२ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७९ साउन ३० सोमबार
Comments