काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयर बजार हिजो र आज फेरि ओरालो लागेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ को विन्दुमा भरेको छ। नेप्से घटेसँगै कारोबार रकम समेत घटेरको छ । आज ६६ लाख ४६ हजार ३६ कित्ता शेयर खरिदबिक्री हुदाँ कारोबार रकम २ अर्ब ८१ करोडमा सीमित हुन पुगेको छ । हिजो नेप्सेमा २ अर्ब ८५ करोड बढीको कारोबार भएको थियो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा नागरिक लगानी कोष रहेको छ । कोषको आज एकैदिन १५ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ८ लाख, हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख, नबिल बैंकको १० करोड ४२ लाख र नेपाल टेलिकमको ७ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मितिः २०७९ साउन २४ मंगलबार
Comments