काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । आइतबार १० अंकले बढेको परिसूचक आज १७.६७ अंकले घटेर बन्द भएको छ । नेप्से ०.८३ प्रतिसतले घटेर २ हजार १०६.०६ को विन्दुमा झरेको छ । आज २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच भएको छ ।
२ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.८३ प्रतिशतले बढेर ४०६.१४ को बिन्दुमा पुगेको छ । आज १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको परिसूचक बढेको छ । ११ उपसमूहको परिसूचक घटेको छ ।
प्रकाशित मितिः २०७९ साउन २३ सोमबार
Comments