काठमाडौं । बुधबार र बिहीबार गरी तोलामा कुल ३ हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ६ सय र तेजावी सुनको मूल्य ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार २७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मितिः २०७९ असार २४ शुक्रबार
Comments