काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको एक अध्ययनले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनका अनुसार व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा हो ।
रेमिट्यान्सले बैंकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको अध्ययनले देखाएको छ ।
व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बैंकको कर्जामा ८५ प्रतिशत र निक्षेप र रेमिट्यान्सको अन्तरसम्बन्ध ८३ प्रतिशत रहेको जनाउँदै त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यापक डा. रमेश पौडेलले रेमिट्यान्सलाई लामो समयसम्म होल्ड गर्न र बैंकहरुको कर्जा लगानी गर्ने क्षेत्र छुट्याउनु पर्ने देखिएको बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
Comments