काठमाडौं । २०६७ साल १५ गते तत्कालीन अर्थ सचिव रामेश्वर खनाल मुख्य सचिव माधव घिमिरेलाई भेटेर आफ्नो राजीनामा बुझाउन गए ।
खनालको कार्यावधि सकिएको थिएन, न त उनीमाथि कुनै आरोप लागेको थियो । त्यसैले मुख्य सचिवले अचम्म मान्दै राजीनामा फिर्ता लिन आग्रह गरे । खनालले आफूले दर्ता शाखामा राजीनामा दर्ता गराइसकेको अनि मुख्य सचिवलाई बोधार्थमात्र दिन आइको बताए, राजीनामा फिर्ता लिन अस्वीकार गरे केही नलागेपछि मुख्य सचिवले भने, ‘तपाईलाई राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष बनाउने कुरा थियो तर तपाई त राजीनामा दिँदै हुनुहुन्छ ।’
तर खनाल लोभिएनन् । आफ्नो निर्यायमा अडिग नै रहे । मलाईचाहिँ योजना आयोगमा सदस्य बनाउँला भनिएको थियो । खनालले त्यो दिनको स्मरण गर्दै कारोबारलाई भने, मुख्य सचिवकोमा चाहिँ उपाध्यक्ष नै भनिएको रहेछ ।
खनाल किन लोभिएनन् र राजीनामा दिए ? कारण अघिल्लो साँझ नै उनी अर्थ मन्त्रालयमा आगामी आर्थिक बजेटको पाँचौ ड्राफ्ट च्यातेर निस्किएका थिए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रकाशित मितिः २०७९ असार २३ बिहीबार
Comments