काठमाडौं । काठमाडौँ–साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा गिरावट आएको छ। शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ।
शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि गिरावट आएको छ। बिहीवार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
शुक्रवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०.३० प्रतिशतले घटेको छ।
प्रकाशित मितिः २०७९ जेठ २७ शुक्रबार
Comments