काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शुक्रबारको कारोबार खुल्ला भएको ३० मिनेट नबित्दै उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको हो।
उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको सेयर मूल्य९.९८ प्रतिशतले बढेको छ। उपकार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता २ सय ५७ रुपैयाँ २० पैसाले बढेर २ हजार ८ सय २९ रुपैयाँ ६० पैसा पुगेको छ ।
यस्तै, बलेफी हाइड्रोपावरको सेयर मूल्यमा २४ रुपैयाँ ६० पैसाले बढेर २ सय ७१ रुपैयाँ २० पैसा पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भने खरिद माग अधिक रहेको छ।
प्रकाशित मितिः २०७९ जेठ २७ शुक्रबार
Comments