काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो विहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो विहिबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रकाशित मितिः २०७९ जेठ २७ शुक्रबार
Comments