काठमाडौं । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज शुक्रबार बृहत प्रदर्शन गर्ने भएका छन्। पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा आज दिउँसो ३ बजेबाट लगानीकर्ताहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गर्ने भएका हुन्। बृहत प्रदर्शनमा सहभागी हुन लगानीकर्ताहरुलाई आह्वान गरिएको छ।
संघर्ष समितिका संयोजक तिलक कोइरालाले समाजिक सञ्जालमा लेखेका छन्, ‘आज ३ बजे माइतीघर गएनौँ भने हरेक लगानीकर्ताले आफैँलाई घात गरेको ठहर्छ र हाम्रो आन्दोलन असफल हुन्छ। ख्याल राखौँ है।’
आन्दोलनमा चौथो दिन बिहीबार दिउँसो ३ बजे भेला भएका विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरुले पुँजीबजारलाई निरुत्साहित गर्ने उद्देश्यले ल्याइएका विभिन्न नीतिगत व्यवस्थाको चर्को आलोचना गरेका थिए।
प्रकाशित मितिः २०७९ जेठ २७ शुक्रबार
Comments