काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार सुनको भाउ ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ९० रुपैयाँ कायम रहेको थियो ।
प्रकाशित मितिः २०७९ जेठ २२ आइतबार
Comments