काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहीबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य हिजोको तुलनामा प्रतितोला ९०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहीबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रकाशित मितिः २०७९ जेठ २० शुक्रबार
Comments