काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले जेठ १९ गतेदेखि २४ गतेसम्म सार्वजनिक निष्काशन गर्ने भएको छ ।
फण्डले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई मध्ये बीज पूँजी बापत न्युनतम एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरुक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाईको सार्वजनिक निष्काशन गर्न लगेको हो ।
एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि हरेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकाम्स रकम धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने क्यापिटलले जनाएको छ ।
उक्त योजनाको लागि लगानीकर्ताहरुले १०० इकाई र अधिकतम एक करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सक्ने छन् । लगानीकर्ताले मेरो शेयरको अनलाइन प्रणाली वा सि-आस्वा प्रणालीबाट आवेदन दिन सक्नेछ ।
इकाई खरिदका लागि नेपाली नागरिक, गैरआवासिय नेपालीको प्रमाणपत्र जारी भएका व्यक्ति, प्रचलित कानुन बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था बैंक वित्तीय संस्था बीमा कम्पनी कुनै पनि वर्ग वा समुहले खडा गरेका कोषहरुले आवेदन दिन सक्ने छन् ।
प्रकाशित मितिः २०७९ जेठ १८ बुधबार
Comments