काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सम्बन्धित सेयरधनीको डिम्याट खातामा १०% बोनस सेयर जम्मा गरेको छ । कम्पनीले चैत १४ गतेसम्ममा सेयर डिम्याट गराएकाहरुको खातामा बोनस सेयर जम्मा गरिदिएको हो । चैत १४ पश्चात डिम्याट गर्नेहरुको पनि खातामै बोनस सेयर जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि अनिवार्य रुपमा पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने भएको छ ।
प्रकाशित मितिः २०७९ जेठ १७ मंगलबार
Comments