काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार तोलामा २०० रुपैंयाले घटेर प्रतितोला ९८ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९७ हजार ५०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १ हजार २७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैंया रहेको थियो ।
प्रकाशित मितिः २०७९ जेठ १७ मंगलबार
Comments