काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख २०० रुपैयाँमा कारोबार हुने भएको हो ।
यसैगरी तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँमा कारोबार हुँदै आएकोमा आज घटेर ९९ हजार ६०० रुपैयाँमा झरेको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
प्रकाशित मितिः २०७८ चैत २८ सोमबार
Comments