भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट जिल्ला नगर चेम्बरको रुपमा कदर सम्मान प्राप्त गरेको छ । आज सोल्टी होटलमा सम्पन्न भएको नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारण सभा एवं चेम्बर दिवस २०७८ को उद्घाटन कार्यक्रमका अवसरमा भक्तपुर चेम्बर अफ कमर्सले उक्त सम्मान प्राप्त गरेको हो ।
कार्यक्रममा सभामुख अग्नि प्रसाद सापकोटाले भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे रत्न मानन्धरलाई दोसल्ला ओढाई कदर पत्र प्रदान गरेका थिए ।
संस्थागत विकास तथा उद्यमी व्यवसायीहरुको हक हितार्थ चेम्बर गतिविधिहरुलाई विस्तार गर्न प्रशंसनीय भूमिका निर्वाह गर्न सफल भएकोमा भक्तपुर चेम्बर अफ कमर्स सम्मानित भएको हो ।
Comments