काठमाडौं । नेपाल राष्ट्र बैङ्कले पुुनः १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ ।
आज दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैङ्कले जनाएको हो । जारी मिति भने चैत्र २९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने बताइएको छ ।
बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।
जसमध्ये आठ अर्ब र दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ, भने पाँच अर्ब रुपैयाँको ट्रेजरी नयाँ रहेको छ ।
यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार २८ गते, २०७९ असोज २५ गते र २०७९ चैत्र २८ गते तोकिएको राष्ट्र बैङ्कको भनाइ छ । यसअघि चैत्र २१ गते ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिएको थियो ।
प्रकाशित मितिः २०७८ चैत २८ सोमबार
Comments