काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा उपेन्द्रप्रसाद पौड्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न २० औं प्रवन्धक समितिको मतगणनामा उनले सबैभन्दा धेरै ३६४ मत ल्याई अध्यक्षमा विजयी भएका हुन् । उनको नेतृत्वमा म्यानमा नयाँ कार्यसमिति गठन भएको छ ।
कार्यसमितिमा मोहनराज ओझा, शशि सत्याल, प्रध्युमन पोखरेल, कृष्णप्रसाद शर्मा, आशा राणा अधिकारी, मनोजकुमार लाल कर्ण, अश्मी राणा, मोहकुमारी अधिकारी, मिलन गुरुङ, नरेन्द्रकुमार श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ, आङ छिरिङ शेर्पा, जीवनकुमार कटवाल, रमण नेपाल, सुरेन्द्र थापा, मनिष झा, सुजनकुमार आचार्य, अनु जोशी श्रेष्ठ निर्वाचित भएका छन् । संस्थागत सदस्यहरुमा कर्मचारी सञ्चय कोष, बुटवल पावर, शिवम् सिमेन्ट, सनराइज बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल राष्ट्र बैंक र नागरिक लगानी कोष छन् ।
प्रकाशित मितिः २०७८ चैत २७ आइतबार
Comments