काठमाडौं । उपकार लघुवित्तको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले २ लाख ३६ हजार २५० कित्ता आईपीओ निस्कासन गर्न लागेको हो । जसमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी २ लाख २१ हजार १५६ कित्ता आईपीओ सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।
न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । चैत २९ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । सीडीएससीको मेरो सेयर वा खाता रहेको बैंक शाखाबाट आवेदन दिन सकिनेछ । लुम्बिनी प्रदेशस्तरको यो लघुवित्तको प्रधान कार्यालय बाँके पिपलचौतारामा छ ।
त्यस्तै सीवाईसी लघुवित्तको आईपीओ आगामी वैशाख २ देखि खुल्ने छ । कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएछि बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ सर्वसाधारणलाई बाँडफाँट हुनेछ । राष्ट्रियस्तरको यस लघुवित्तको प्रधान कार्यालय बागलुङमा छ । वैशाख ६ गतेसम्म यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
प्रकाशित मितिः २०७८ चैत २५ शुक्रबार
Comments