काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज ९८ हजार रुपैयाँ रहेको छ । यसैगरी आज चाँदी पनि घटेर एक हजार ३३५ रुपैयाँमा कारोबार हुनेछ । यसअघि चाँदीको मूल्यको एक हजार ३४० रुपैयाँ रहेको छ ।
प्रकाशित मितिः २०७८ चैत २३ बुधबार
Comments