काठमाडौं । युनाइटेड इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको छ। आइतवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७/ ७८ को वित्तीय विवरण स्वीकृत गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७२/ ७३ को मुनाफाबाट १० प्रतिशत लाभांश दिएको थियो। यसपछि शेयरधनीले लाभांश पाएका छैनन्।
प्रकाशित मितिः २०७८ चैत २१ सोमबार
Comments