काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा मोक्षप्रसाद पंगेनी र नायब प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्य नियुक्त भएका छन् ।
सञ्चालक समितिको शनिबार बसेको बैठकले सीईओ पदमा पंगेनी र डीसीईओ पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । शनिबारबाटै लागु हुने गरी चार वर्षका लागि नियुक्त गरिएको हो ।
वोमी लघुवित्त र सूर्योदय लघुवित्त एक आपसमा गाभिएर बनेको सूर्योदय वोमी लघुवित्तले शनिवारबाटै एकीकृत कारोबार शुरु गरेका हुन् ।
प्रकाशित मितिः २०७८ चैत २० आइतबार
Comments