काठमाडौं । बुद्धनगर एग्रो फार्म लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्व साधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) निष्कासन गर्न लागेको हो ।
कम्पनीले आइपीओ विक्रीका लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।
एनआईसी एशिया क्यापिटलको आईडीया टु आइपीओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आइपीओ जारी गर्ने व्यवस्था मिलाउने जनाएको छ ।
प्रकाशित मितिः २०७८ चैत १६ बुधबार
Comments