काठमाडौं । नेपाली बजार मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । nहिजो अर्थात सोमबार १ लाख ५०० रुपैंया प्रतितोला कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ३०० रुपैंयाल घटेर प्रतितोला ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९८ हजार ७०० रुपैंया कायम भएको छ । यस्तै, चाँदीको मूूल्य पनि तोलामा १० रुपैंयाले ओरालो लाग्दै प्रतितोला १ हजार ३७० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको प्रतितोलाको मूल्य १ हजार ३८० रुपैंया रहेको थियो ।
प्रकाशित मितिः २०७८ चैत १५ मंगलबार
Comments