काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सोमबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो सोमबारको तुलनामा आज मंगलमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो सोमबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रकाशित मितिः २०७८ माघ २५ मंगलबार
Comments