काठमाडौं । कारोबार हुने साताकाे पहिलो दिन आइतबार (आज) शेयर बजारमा नकारात्मक प्रभाव परेको छ। अघिल्लो साताको अन्तिम दिन १४.५८ अंकले घटेको शेयर बजार आइतबार पनि दोहोरो अंकको गिरावट आएकाे हो।
आज नेप्से परिसूचक ४०.५७ अंकले घटेर २ हजार ८३६.१७ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ बिन्दुमा झरेको छ। आज २२८ वटा धितोपत्रको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर खरिद विक्री भएकाे छ । जसमा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँकाे काराेबार भएको छ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो। आज १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ।
प्रकाशित मितिः २०७८ माघ २३ आइतबार
Comments