काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आतइबार पनि सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रकाशित मितिः २०७८ माघ २३ आइतबार
Comments